अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र हाम्रो विकास बैंक लिमिटेड नुवाकोटको एकिकृत कारोबारको सुरुवात भएको छ ।
राष्ट्रियस्तरको ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेको हो । एकिकृत कारोबारको शुभारम्भ एक औपचारिक कार्यक्रम बीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले शुक्रबार गर्नु भएको थियो । सो अवसरमा ज्योति विकास बैंकले नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै कार्यक्रमका प्रमूख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले ज्योति विकास बैंक एउटा सबल विकास बैंक भएकोमा हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने विश्वास व्यक्त गर्नु हुदै बैंकको सफलताको कामना गर्नु भयो ।
सो अवसरमा ज्योति विकास बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापति हरि चन्द्र खड्काले दुई बैंक बीच एकिकृत कारोबार शुभारम्भ भएकोमा खुसी लागेको र थप जिम्मेवारी बढेको बताउनु हुँदै अझ विस्तारित सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै प्राप्ती प्रकृयामा सहयोग पूर्याउने सवै प्रति आभार व्यक्त गर्नु भयो ।
सो अवसरमा हाम्रो विकास बैंकका अध्यक्ष हरि प्रसादले नागरिकलाई सरल र सहज सेवा प्रदान गर्न १० वर्ष अगाडी स्थापना भएको हाम्रो विकास बैंकले नागरिक र देशको लागि योगदान दिएको र उक्त कार्य अव अझ विस्तारित रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पँुजीको हिसावले सबै भन्दा ठुलो विकास बैंक भएको, शाखा सञ्जाल र बैंङ्गिग सेवाको दृष्टिले उत्कृष्ट बैंक भएको बताउनु हुँदै लघु कर्जा देखि ठुला औद्योगिक कर्जा लगानी गर्न र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा सम्पुर्ण अतिथिहरुलाई हाम्रो विकास बैंक लिमिटेडका प्रमूख कार्यकारी अधिकृत पारस राज कंडेलले स्वागत गर्नु भएको थियो । सो अवसरमा नुवाकोट जिल्लाका प्रमूख जिल्ला अधिकारी उद्धव बहादुर थापा तथा जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ र विदुर नगरपालिकाका नगर प्रमूख सन्जु पण्डितले आफ्नो मन्तव्य राख्नु हुँदै बैंकको प्रगतिको कामना गर्नु भयो । साथै अन्य ग्राहक तथा स्थानीय प्रतिष्ठीत व्यक्तित्वहरुले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो ।
एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड र कर्जा रु २३ अर्व ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, ATM संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ । बैंकको चुक्ता पुँजी रु ३ अर्व १० करोड पुगेर चुक्ता पुँजी को हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । साथै यसै आर्थिक वर्ष भित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस