अर्थ संसार, काठमाडौँ– सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सेवासुविधा उपलब्ध गराउन शाखा विस्तार गर्ने क्रममा ललितपुरस्थित ठेंचोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बैंक सञ्चालक समितिका सदस्य ई बच्छराज तातेडले आज संयुक्त रmपमा उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।
सञ्चालक समितिका सदस्यद्वय ओमकृष्ण जोशी र शारदा शर्मा पुडासैनी, नायब महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका पदाधिकारीको उपस्थिति थियो । योसमेत गरी बैंकको शाखा सङ्ख्या १०४ पुगेको बैंकले जनाएको छ । बैंकले मुलुकभर २८ शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, ११९ एटिएममार्फत आफ्ना पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस