अर्थ संसार, काठमाडौँ– नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गरी रु ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ ।
बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु एक अर्ब बराबरको ट्रेजरी ९१ दिने अवधि, रु तीन अर्बको १८२ दिनका लागि तथा रु चार अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस