अर्थ संसार, काठमाण्डौ – नेपाल राष्ट्र बैंकले सोमबार वि.सं. २०७६ सालको लागि बैंकिङ तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउने विदाको सूचि सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विदाको सूचिमा विदा २०७६ साल सुरुवातको दिन बैशाख १ गते राखिएको छ । त्यसपछि विश्व मजदूर दिवस, बुद्ध जयन्ती, भोटेजात्रा, गाइजात्रा, हरितालिका तिज, इन्द्रजात्रा, संविधान दिवस, जितिया पर्व लगायतका दिनमा विदा राखिएको छ ।
दशैंका लागि कात्तिक १८ गतेदेखि २२ गतेसम्म(फूलपातीदेखि एकादशीसम्म) विदा दिइनेछ भने दीपावलीको बेला लक्ष्मीपूजादेखि भाइटीकासम्म बैंकहरु विदा हुनेछन् ।केही क्षेत्रीय विदाहरुलाई समेत केन्द्रीय बैंकले आफ्नो सूचिमा समावेश गरेको छ ।
जसमा सम्बन्धित क्षेत्रका बैंकहरुको कारोबार मात्र सो दिन बन्द हुनेछ ।
विदाको सूचि यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस