अर्थ संसार
काठमाडौं–सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा चुक्ता पूँजी बृद्धिको अनुपातमा नाफा बढाउन नसकेको देखिएको छ । त्यसैले बैंकको प्रति सेयर आम्दानी २७.७४ रुपैयाँमा खुम्चिएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा प्रति सेयर आम्दानी ४७.६१ रुपैयाँ गरेको थियो ।
बैंकले आईतबार सार्बजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसारसिद्धार्थको नाफा ७२ करोड पुगेको छ । गन आर्थिक बर्षको तुलनामा यस बैंकको नाफा ५० प्रतिशतले बढेको छ । बैंकले गत आथिक बर्षको यसै अबधिमा ४८ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बोनस र हकप्रद वितरण गरेपछि पूँजी ५ अर्ब २३ करोड पुर्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस