अर्थ संसार, काठमाडौैं– लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले नबिल बैंक लिमिटेडको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धगर्न सोमबार सम्झौता गरेको छ ।
उक्त सम्झौतामा नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको भएको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सातवर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक ब्याज भुक्तानी गरिने र्बैकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस