Like us!
Follow us!
Connect us!
Watch us!

मेगाको नाफा ६६ प्रतिशतले बढ्यो, ६ महिनाको नाफा ३७ करोड

आइतबार, ०९ माघ २०७३, १६ : २९ मा प्रकाशित

मेगाको नाफा ६६ प्रतिशतले बढ्यो, ६ महिनाको नाफा ३७ करोड

अर्थ संसार

काठमाडौं–मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा ६६ प्रतिशतले बढाएको छ । बैंकले यस अबधिमा ३७ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । बैकले अघिल्लो वर्षको यही अवधिमा २२ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । 

मेगा बैंकले आइतबार प्रकाशन गरेको पुस मसान्तसम्म वित्तीय विवरण अनुसार बैंकले यस अबधिमा निक्षेप संकलन ३८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ र कर्जा प्रवाह ३४ अर्ब १ करोड ११ लाख रुपैयाँ गरेको छ । यस अबधिमा बैंकले व्याज आम्दानी मत्रै ७७ करोड ४० लाख रुपैयाँ गरेको छ । 

बैंकले यस अबधिमा हकप्रद जारी गरेर चुक्ता पूँजी ४ अर्ब १ करोड २० लाख रुपैयाँ पुर्याएको छ । जगेडा कोषमा बैंकको १ अर्ब ३० करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ०.६७ प्रतिशतमा सीमित भएको छ । बैंकले १३ करोड ४२ लाख रुपैयाँ प्रोभिजनमा छुट्याएको छ । 

बैंकको प्रति सेयर आम्दानी ९.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.४३ गुणा, प्रतिशेयर नेटवर्थ १३२.५९ रुपैयाँ र तरलता अनुपात २३.३१ प्रतिशत रहेको वित्तीय छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको