Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको लोकतन्त्र कसैले किस्तीमा दिएको होइन : प्रधानमन्त्री

बुधबार, २० चैत्र २०७५, १५ : ०९ मा प्रकाशित

अहिलेको लोकतन्त्र कसैले किस्तीमा दिएको होइन : प्रधानमन्त्री

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको लोकतन्त्र कसैले किस्ती दिएको उपहार नभएको भन्दै नेपाली जनताको ठूला त्यागले प्राप्त गरेको बताउनुभयो ।

काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले केही समूहले देश अधिनायकवाद तर्फ अघि बढेको भ्रामक प्रचार फैलाएको बताए ।

‘सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ’ उनले  भने ।

उनले पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी सरकारले काम गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन सुझाव दिन पनि सबैलाई आग्रह गरे ।

परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सो मस्यौदामा देखिएको कमीहरुलाई हटाउन र मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न पनि प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, कृषि पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको