अर्थ संसार, काठमाडौं, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी वापत बुधबार ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ ।
बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिनबहादुर थापाकी श्रीमती भिम कुमारी थापालाई उनका बीमित छोरीको हकमा उक्त्त रकम प्रदान गरिएको हो ।
बर्दिबास नगरपालिका का मिनबहादुर थापाकी धर्मपत्नी भिम कुमारी थापालाई प्रदेश सभाका माननीय सांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्षप्रलाद क्षेत्रीले संयुक्त्तरुपमा बीमाङ्क रकम वापत रु २,५०,००० र काज क्रिया खर्च सुविधा अन्तर्गतको रु ५०,००० गरि जम्मा रु ३ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
सिटिजन बाल भविष्य योजना अन्तर्गत प्रस्तावक मिनबहादुर थापाको मृत्यु पश्चात बीमित छोरी सुमना थापाले बीमा  शुल्कनतिरि कनै बीमा १५ वर्षसम्म मासिक रु २५०० को हिसाबले जम्मा रु ४,५०,००० साथै परिपक्व मितिमा थप बीमाङ्कको रु २,५०,००० र बोनस रकम प्राप्त गर्नेछन् ।
ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइ फइन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।
जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधिउपचार खर्च प्राप्त गर्नेछन् ।
नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ६३विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ । साथै कम्पनीले हालसालै सिटिजन वार्षिक अग्रिम भुक्तानीबीमा योजना सार्वजनिक गरेको थियो।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस