Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, ११ : ५९ मा प्रकाशित

चिरख्वा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग

चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता सेयरले हुन आउने रकम रु.४०,००,००,००० (अक्षरेपी चालिस करोड रुपैंया मात्र) को १ः१ बराबरको अर्थात रु.१०० दरका ४०,००,००० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।  सो सम्झौता–पत्रमा चिरख्वा हाइड्रो पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष दीपक राई र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको