लघु निर्जीवन बीमा कम्पनीहरुले १ महिनामा ४ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा २ लाख ८६ हजार १६२ बीमालेखा जारी गरी ४ अर्ब १२ करोड ७८ लाख बीमा शुल्क आर्जन गरेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ हजार २७२ बीमालेख बिक्री गरी २ करोड ४६ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ हजार ४१८ बीमालेख बिक्री गरी ३ करोड २८ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले १४ हजार ८३ बीमालेख बिक्री गरी ३ करोड १८ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । वैशाख महिनामा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ हजार ५५४ बीमालेख बिक्रीबापत २ करोड ३८ लाख ७१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस