Like us!
Follow us!
Connect us!
Watch us!

एनबि बैंकले ५० प्रतिशत बढायो नाफा, ५४ करोड खुद मुनाफा

सोमबार, १० माघ २०७३, १० : ४३ मा प्रकाशित

एनबि बैंकले ५० प्रतिशत बढायो नाफा, ५४ करोड खुद मुनाफा

अर्थ संसार

काठमाडौं–नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा खुद मुनाफा ५० प्रतिशतभन्दा बढीले बृद्धि गरेको छ । बैंकले यस अबधिमा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो बर्षको यसै अबधिमा ३६ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।  

बैंकले आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ४१ अर्ब निक्षेप संकलन गरेर ३६ अर्ब कर्जा लगानी गरेको वित्तीय विवरण सार्बजनिक गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८ प्रतिशत कायम गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ ।एनबि बैंकले खराब कर्जा घटाएर ०.९९ प्रतिशत थियो । गत आर्थिक बर्ष बैंकको एनपिए १.०८ प्रतिशत थियो । बैंकले गत बर्षको नाफाबाट ३२ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पूँजी ४ अर्ब पुर्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूजी पुर्याउन  ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । 

 

-- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको