Like us!
Follow us!
Connect us!
Watch us!
आगामी मन्त्रीपरिषद् बैठकले दुवै बैंकको मर्जको निर्णय गर्छः उपप्रधानमन्त्री महरा

राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी मर्ज हुने

सोमबार, १० माघ २०७३, १२ : ३४ मा प्रकाशित

राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी मर्ज हुने

अर्थ संसार

काठमाडौ–उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अवको मन्त्रीपरिषद् बैठकले गर्ने वताएका छन् । 

‘मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरीसके । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ’ सोमवार काठमाडांैमा वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाई संवोधन गर्दै अर्थ मन्त्रीसमेत रहेका महराले भने, ‘दुबै बैंकको मर्जको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

उपप्रधानमन्त्री महराले सरकारको पुर्ण स्वामित्वको बैंक भएकाले आधारभूत तहका जनता, ग्रामिण र उत्पादनमूलक क्षेत्रमा बैंकिङ् सेवा पुर्याउने सरकारको दायित्व पूरा गर्न वाणिज्य वैंकले बिशेष ध्यान दिनुपर्ने वताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको