गतवर्षको सञ्चित मुनाफाबाट शेयरधनी सदस्यहरूलाई ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गत पुस ९ गते नै गरेको कम्पनीले हालसम्म साधारणसभाको मिति तय गरेको छैन ।
कम्पनीले दोस्रो त्रैमासमा विद्युत् विक्रीबाट रू. ५ करोड ९१ लाख ४५ हजार आम्दानी गरेको थियो । सो अवधिमा कम्पनीको खुद नाफा रू. २ करोड १५ लाख १५ हजार थियो । रू. २६ करोड रहेको यस कम्पनीको चुक्तापूँजी बोनस वितरण गरेपछि रू. २७ करोड ४ लाख पुग्नेछ । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य सोमवार रू. १२५ कायम भएको छ । बजार घटेको असर यस कम्पनीको शेयरमूल्यमा पनि देखिएको छ ।
प्राविधिक विश्लेषण
खरीद चाप : कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ४१० कित्ता शेयर खरीद र २० कित्ता शेयर विक्री गर्ने माग थियो । यस दिन कम्पनीको १६० कित्ता शेयर कारोबार भएको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा ‘पर्ख र हेर’को नीति अपनाउनु उपयुक्त देखिन्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ८८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६० विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ हजार २५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २७ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार २३ मा टेवा पाउने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस