अर्थ संसार, काठमाडौं- सुन तथा हिराका गहनाहरुमा नेपालीहरुको मन जित्न सफल जेजे ज्वेलर्सले यस नयाँ वर्ष २०७६ को शुभ अवसरमा ग्राहकहरुको लागि “सुनौलो कवच” नामक योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले १ लाख वा सो भन्दा बढीको सुन तथा हिराका गहनाहरुको खरिदमा निःशुल्क दुर्घटना बीमा प्राप्त गर्नुहुनेछ ।
जेजे ज्वेलर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ । उद्घाटनको १ वर्ष सम्पन्न गरेको जेजे ज्वेलर्स्ले नयाँ वर्षको उपलक्ष्यमा ल्याएको यस योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस