अर्थ संसार, वैशाख – जेबिल्स फाइनान्सको लाभांशका लागि बुधवार अर्थात आजसम्म शेयर कायम गर्नुपर्ने भएको छ ।
कम्पनीले दुई आर्थिक वर्षको सञ्चित मुनाफाबाट प्रस्तावित १.२४ प्रतिशत बोनस र ५ लाख २८ हजार २९ कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश लगायत अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २० गते आठौं र नवौं संयुक्त साधारण सभा बोलाएको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख ५ गतेदेखि बुक क्लोज गर्ने भएकाले वैशाख ४ गते बुधवारसम्म साविकका लगानीकर्ताहरुले शेयर कायम गर्नुपर्ने भएको हो । त्यस्तै, नयाँ शेयरधनीहरुले उक्त लाभांशका लागि पनि बुधवार नै शेयर सुरक्षित गर्नु पर्नेछ ।
बुक क्लोजका आधारमा वैशाख ४ गतेसम्म कायम सदस्यहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने व्यवस्था छ । सभा बिहान ११ बजे कालिमाटी, काठमाडौंमा हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस