Like us!
Follow us!
Connect us!
Watch us!

‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

मंगलबार, ११ माघ २०७३, ०९ : ३६ मा प्रकाशित

‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

अर्थ संसार
काठमाडौं–सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।राजधानीमा सोमबार सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’  बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउँदै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे ।

सहकारी ऐन संसदमा रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउँदै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख गरे । उनले भने,‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सहकारी ऐन ल्याउदैंछौं, यसले धेरै समस्या हल गर्नेछ ।’

त्यस्तै, मन्त्री थानीले,  सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफ्नो मन्त्रालय सदैव तयार रहेको बताउँदै सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उल्लेख गरे । ‘सहकारी मैत्री ऐन आउँछ’ मन्त्री थानीले भने ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशिलतालाई राज्यले अझै बुझ्न नसकेको बताए । उनले भने,‘सहकारीको गतिशिलतालाई राज्यले अझै बुझ्न सकेको छैन्, यसले गर्दा उत्पादन प्रणालीमा जान कठिनाई भएको छ ।’ कार्यक्रममा केन्द्रिय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए ।

सहकारीले अझै पनि वैदेशिक क्रृण लिन सक्ने अवस्था नरहेको बताउँदै पाण्डेले यसका निम्ति सरकारले पहल गर्नुपर्ने उल्लेख गरे ।सहकारी विभागको आयोजनामा भएको दुई दिने गोष्ठीमा सोमबार विभागका रजिष्टार केशवप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको