Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआइको बोनस पाउन बुक क्लोज कहिले ?

मंगलबार, ११ माघ २०७३, ०९ : ३९ मा प्रकाशित

एसबिआइको बोनस पाउन बुक क्लोज कहिले ?

अर्थ संसार

काठमाडौं–नेपाल एसविआइ बैंकले बोनस र हकप्रद पारित गर्न आगामी माघ २७ गते साधारणसभा गर्ने भएको छ ।

बैंकले उक्त साधारणसभामा २८ प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाँदै छ । एसबिआइले साधारणसभाका लागि माघ २३ देखि २७ सम्म हकप्रद सेयरधनी पुस्तिका बन्द गर्ने घोषणा गरेको छ । बैंकको बोनस पाउन माघ २२ सम्म सेयर खरिद गरिसकेको हुनु पर्ने छ ।

भर्खरै एफपिओ जारी गरेको बैंकले बोनससमेत दिएपछि चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुग्ने छ । हकप्रदसमेत दिएपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ नाघ्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको