Like us!
Follow us!
Connect us!
Watch us!

युनियन, सगरमाथा र बुम रेमिटबीच रेमिटान्स भुक्तानी सम्झौता

मंगलबार, ११ माघ २०७३, ०९ : ४९ मा प्रकाशित

युनियन, सगरमाथा र बुम रेमिटबीच रेमिटान्स भुक्तानी सम्झौता

अर्थ संसार
काठमाडौं–युनियन फाइनास, सगरमाथा फइनान्स र बुम रेमिट्यान्सबीच रेमिटान्स भुक्तानी सम्झौता भएको छ ।सम्झौतापछि नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम युनियन फाइनास र सगरमाथा फइनान्सका सबै शाखाार्फत भुक्तानी हुने छ ।

साथै बुम रेमीटको सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्ने पनि सम्झौता भएको छ । बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक  धिरेन्द्र पन्तका अनुसार बुम रेमिटको नेपालमा ७५ वटै जिल्लामा ४ हजार वटाभन्दा बढी प्रतिनीधी छन् ।

बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाडै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको