अर्थ संसार, काठमाडौं– लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फक्लब एयरपोर्टमा दुइदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।
युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए ।
खेलकुद मार्फत पनिआफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहर दास मुलले बताए ।
सो अवसर phintso ongdi lama  ले आमन्त्रित गल्फ टूर्नामेन्टको उपाधि हात पार्न सफल भएका थिय त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भएका थिए ।
विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहर दासमुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।
वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर अण्डर राइटिङ्ग, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा ISO certified  मान्यता प्राप्त गर्न सफल भएको छ ।
हाल ४५ शाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवातथा सुबिधाउपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । कम्पनीले चालु आ.ब. भित्रै तोकिए बमोजिमको चुक्तापूँजी पुर्याउने उनले बताए ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस