Like us!
Follow us!
Connect us!
Watch us!

सानिमाले कमायो ६२ करोड नाफा, निस्क्रिय कर्जा शून्य बराबर

मंगलबार, ११ माघ २०७३, ११ : ५७ मा प्रकाशित

सानिमाले कमायो ६२ करोड नाफा, निस्क्रिय कर्जा शून्य बराबर

अर्थ संसार

काठमाडौं–सानिमा विकास बैंकले पुस मसान्तसम्म ६२ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्बजनिक गरेको छ । गैरआवासीय नेपालीहरुको लगानी रहेको बैंकले गत बर्षको यसै अबधिमा ४० करोड खुद नाफा गरेको थियो ।

बैंकले निस्क्रिय कर्जालाई समेत न्युन विन्दुमा झारेको छ । यस अबधिमा बैंकको निस्क्रिय कर्जा शून्य दशमलव १ प्रतिशतमा सीमित भएको छ । बैंकको गत बर्षको यस अबधिमा निस्क्रिय कर्जा शून्य दशमलव ५ प्रतिशत थियो । निस्क्रिय कर्जा न्युन विन्दुमा ल्याउने सानिमा संभवतः पहिलो बैंकको हो ।

सानिमा बैंकले यस अबधिमा निक्षेप बढाएर ५० अर्ब १३ करोड पुर्याएको छ भने कर्जा लगानी ४६अर्ब ९२ करोड गरेको छ । यस अबधिमा बैंकले प्रोभिजनमा ९ करोड छुट्याएको छ भने जोखिम कोषबाट २ करोड फिर्ता ल्याएको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६५ पैसा छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको