Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको नाफा २२ करोड

मंगलबार, ११ माघ २०७३, १४ : ०८ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको नाफा २२ करोड

अर्थ संसार

काठमाडौं–मुक्तिनाथ बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो तीन महिनासम्म नाफा ४६ प्रतिशतले बढाएर २२ करोड खुद कमाइ गरेको छ । बैंकले गत बर्षको यही अबधिमा १५ करोड मात्रै खुद नाफा गरेको थियो । 

यस अबधिमा बैंकले ५० प्रतिशत हकप्रद र ३४ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पूँजी ८३ करोडबाट १ अर्ब ५३ करोड पुर्याएको छ । यस अबधिमा बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ कायम भएको छ ।

बैंकको निक्षेप ९ अर्बबाट १४ अर्ब, कर्जा ८ अर्बबाट १३ अर्ब पुर्याएको छ । यस्तै कर्जा निक्षेप अनुपात ७९ प्रतिशत, निस्क्रिय कर्जा ०.१८ प्रतिशत छ । बैंकले चुक्ता पूँजी बढाउन ४० प्रतिशत हकप्रद वितरण गर्ने तयारी गरेको छ । 

58871631a57fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको