अर्थ संसार, काठमाडौं – रसुवागढी हाइड्रोपावरले निश्कासन गरको साधारण शेयर (आपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैशाख ६ गते शुक्रवारदेखि सर्वसाधारणका लागि विक्रीमा आएको रसुवागढी जलविद्युत्को आईपीओमा पूर्ण आवेदन परेको छ ।
विक्रीप्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमवार ५ बजेसम्ममा १ लाख ५५ हजार ६७३ जना आवेदकले ९५ लाख ७३ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् ।
मागभन्दा बढी आवेदन परेकाले मंगलवारसम्म मात्र विक्रीमा रहने विक्रीप्रबन्धकको भनाइ छ । रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता आईपीओमध्ये ४ लाख १३ हजार १५७ कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फन्डलाई बाँडफाँट गरेपछि बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
आईपीओको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस