चैत मसान्तसम्ममा कम्पनीले रू. १ अर्ब २४ करोड नाफा कमाएको छ । यसमध्ये वितरणयोग्य नाफा रू. ९८ करोड १८ लाख हो । एनएफआरएस प्रणाली अनुसार कम्पनीले विभिन्न शीर्षकमा छुट्याएपछि वितरणयोग्य नाफा आएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ५ करोड छ । कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ३२ हजार १ सय १६ कित्ता शेयर विक्री गर्ने र १२ हजार ९ सय ५० कित्ता शेयर खरीद गर्ने माग थियो ।




प्रतिक्रिया दिनुहोस