Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंक नाफामा अब्बल, प्रतिशेयर आम्दानी कति ?

विहीबार, १२ बैशाख २०७६, १० : ५४ मा प्रकाशित

सानिमा बैंक नाफामा अब्बल, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं–  सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५७ करोड नाफा आर्जन गरेको छ ।

सोही अवधिमा अघिल्लो बर्ष घिल्लो वर्षको यही अवधिसम्म १ अर्ब २० करोड नाफा आर्जन गरेको थियो । हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब रहेको छ ।

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ७३ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब २४ करोडको उचाईमा पुगेको छ भने २ अर्ब ९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ९१ करोड पुगेको छ ।

समीक्षा अवधिमा सानिमा बैंकले ८५ अर्ब २६ करोड निक्षेप संकलन गरी ७९ अर्ब १३ करोड कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप ९।५३ प्रतिशत बढाएको बैंकले कर्जा बिस्तार भने १७.०७ प्रतिशतले बढाएको छ ।

बैंकको गत वर्षको चैत मसान्तको भन्दा यो वर्षको सोही अवधिको सीसीडी अनुपात निकै टाइट देखिएको छ । अघिल्लो वर्ष ७८.०६ प्रतिशत रहेको यस्तो अनुपात यो वर्ष केही बढेर ७८.५८ प्रतिशत पुगेको हो ।


अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ७८ करोडमा सीमित रिजर्ब बढेर ३ अर्ब २२ करोड पुगेको छ भने ०.१७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर ०.१२ प्रतिशतमा सीमित गर्न बैंक सफल देखिएको छ ।

अघिल्लो वर्ष ९.८८ प्रतिशतमा रहेको आधार दर घटेर ९.३१ प्रतिशतमा सीमित भएको छ । आधार दरलाई सिंगल डिजिटमा कायम राख्ने बैंकको प्रयास सराहनीय पक्ष हो ।

बैंकले समीक्षा अवधिमा प्रतिसेयर आम्दानीलाई बढाएर २६.२५ रुपैयाँ पुर्याएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ३१ प्रतिशतले बढी हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४०.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.११ गुणा कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको