Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेन्ट बैंक नाफा ३०.४५ प्रतिशतले बृद्धि

विहीबार, १२ बैशाख २०७६, १५ : ३६ मा प्रकाशित

ओम डेभलपमेन्ट बैंक नाफा ३०.४५ प्रतिशतले बृद्धि

अर्थ संसार, काठमाडौं-ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

  सार्वजनिक विवरण अनुसार बैंकले तेस्रो त्रैमासमा ३४ करोड ७३ लाख रुपियाँ नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा जम्मा  २६ करोड ६२ लाख रुपियाँ मात्रै कमाएको थियो।  गत वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफा ३० दशमलव ४५ प्रतिशतले बढी हो।

यस अवधिमा  बैंकले २४ अर्ब ७९ करोड ८९ लाख रुपियाँ निक्षेप संकलन गरी २२ अर्ब ४९ करोड ५१ लाख रुपियाँ कर्जा लगानी गरेको छ । भने चालु  आर्थिक वर्षको तेस्रो त्रैमास अवधिसम्ममा बैंकले  ७७ करोड ९४ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ।  अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ४४ दशमलव ५२ प्रतिशतले बढेको हो।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ४१ रुपियाँ, प्रतिशेयर नेटवर्थ १४५ दशमलव ७७ रुपियाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ७० गुणा र तरलता अनुपात २४ दशमलव आठ  प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको