अर्थ संसार, काठमाडौँ –नेपालमा दोस्रो पटक नेपाल सिईओ समिट तथा अवार्ड कार्यक्रम आयोजना आज हुँदैछ । पद्मा मिडिया ग्रुपअन्तर्गतको विजनेस प्लस टेलिभिजनले आयोजना गर्न लागेको सिईओ समिट तथा अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
पहिलो संस्करणको सफलतापछि फेरी दोस्रो संस्करणको अर्थ तथा व्यवसायिक क्षेत्रमा कृयाशिल ब्यक्तिको सम्मानमा अवार्ड प्रदान गरिने लक्ष्यले सिईओ समिट आयोजना गर्न लागिएको हो । सिईओ समिटमा बिभिन्न ८ वटा विधामा अवार्ड प्रदान गरिनेछ ।
पपुलर सिइओ अफ दि इर्यर, पपुलर सिइओ अफ दि इर्यर पव्लीक च्वाईस , सिइओ अफ दि इर्यर योङ्, सिइओ अफ दि ईयर ओमेन, सिइओ अफ दि इयर पब्लिक सेक्टर, सिइओ अफ दि इयर एस एम इ, सिइओ अफ दि इयर प्राईभेट सेक्टर, सिइओ अफ दि इयर ज्यूरी च्वाईस बिधामा अवार्ड प्रदान गर्न लागिएको हो ।
७ वटा विधामा हाल जूरी कमिटीले रिसर्च तथा छनौट कार्य गरिरहेका छन् । पपुलर सिइओ अफ द इयर पब्लिक च्वाँईसका लागि भने भोटिङमार्फत छनौट गरिनेछ । यहि बैशाख १२ गते राति १२ बजे सम्मलाई भोटिङका लागि अफिसियल वेभसाइट डब्लुडब्लुडब्लु डट नेपाल सिइओ समिट डट कममार्फत अनलाईन र एस.एम.एस. भोटिङ खुल्ला गरिएको थियो ।
अर्थतन्त्रमा संलग्न व्यक्तिहरुले अब सरकारको अपेक्षा के कस्तो हुनु पर्छ भन्ने दिशा निर्देश गर्न सहयोग होस भन्ने उद्देश्यले सिइओ समिट आयोजना गर्न लागिएको हो ।
सिइओ समिट तथा अवार्ड कार्यक्रममा बैंक, ईन्सोयरेन्स, करपोरेट सेक्टर, सरकारी संस्था गरी २५० को हाराहारीमा संस्थाका प्रमुखहरु तथा विजनेश लिडरहरुको सहभागिता रहनेछ । समिटले अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गर्ने विश्वास पनि गरिएको छ । विजनेश प्लस टेलिभिजनद्धारा आयोजित समिटमा भारत, बंगलादेश र फिलिपिन्सबाट एक–एक जना विजनेश लिडरहरुको सहभागिता रहनेछ ।
विजनेश प्लस टेलिभिजनले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आर्थिक समृद्धि विस्तार गर्न सिईओ समिट आयोजना गर्न लागेको हो । राजनीतिक परिवर्तनले मात्र देशको विकास हुन सक्दैन भन्ने कुरालाई सबैले स्वीकार गरेको अवस्था छ । देश विकासका लागि देशभित्र विद्यमान विभिन्न स्रोत र साधनको उच्चतम प्रयोग गर्दै आर्थिक गतिविधिहरुका माध्यमबाट देशलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।
पछिल्लो समयमा राज्य तथा निजी स्तरमा विकास निर्माणका चर्का नारा लगाइँदै आइएको छ । बदलिंदो राजनीतिक परिस्थितिमा वर्तमान सरकारको आर्थिक मुद्दाहरु के हुन्छ र कुन दिशातर्फ अगाडि बढिरहेको छ भन्ने विषयमा पनि समिटको विभिन्न सेशनमा खुल्ला छलफल हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस