अर्थ संसार, काठमाडौँ– भार्गव विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा खुद ९५ दशमलव ६८ प्रतिशतले वृद्धि गरी पाँच करोड २२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले दुई करोड तीन हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
बैंकले यस अवधिसम्मा तीन अर्ब २४ करोड ९३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८७ करोड ३६ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । भने खुद ब्याज आम्दानी १२ करोड १२ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकको सञ्चालन नाफामा पनि वृद्धि भएर सात करोड २२ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको सञ्चालन नाफा चार करोड १९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी बैंकले जगेडा कोषको आकार पनि बढेको छ । बैकले यस वर्ष जगेडा कोषमा १३ करोड ५२ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको छ ।
गत वर्षको तुलमा भन्दा यस वर्ष जगेडा कोषमा जम्मा भएको रकम ३३ महमलव ९९ प्रतिशतले बढि देखिएको हो । बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ९७ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस