अर्थ संसार, काठमाडौं– साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंका अनुसार सोमबार प्रतितोला ५९ हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सूनको मूल्य आज दुई सय रुपैयाँले घटेर ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार तेजाबी सुनको मूल्य पनि दुई सय रुपियाँले नै घटेर ५९ हजार चार सय रुपियाँमा कारोबार भएको छ । महासंघले मंगलबारका लागि प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार एक सय ८५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार नौं सय ३० रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि पाँच रुपैयाँ घटेको छ । सोमबार प्रतितोला सात सय ३० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज सात सय २५ रुपैयाँमा कारोबार भएके छ । महासंघले मंगलबारका लागि प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपैयाँ पचास पैसा कायम गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस