Like us!
Follow us!
Connect us!
Watch us!

कसरी गर्यो गरिमा विकास बैंकले यस्तो प्रगति ?

बुधबार, १२ माघ २०७३, १३ : ३८ मा प्रकाशित

कसरी गर्यो गरिमा विकास बैंकले यस्तो प्रगति ?

अर्थ संसार

काठमाडौं–गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो तीन महिनासम्म नाफा दोब्बरले बढाएको छ । बैंकले यस अबधिमा १५ करोड ९५ लाख रुपैंया खुद नाफा कमाएको हो । गरिमाले गत आर्थिक वर्षको यसै अबधिमा ८ करोड ९९ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

बैंकको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैंयाबाट बढेर १ अर्ब ८करोड रुपैंया पुगेको छ । बैंकले गत बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्ताव गरेको बोनस बितरणपछि चुक्ता पूँजी १ अर्ब २९ करोड ६६ लाख पुग्ने छ । यसपछि बैंकले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा प्रति सेयर आम्दानी २९ रुपैंया ५३ पैसा छ । 

बैंकले हकप्रद निष्काशन र बोनस बितरण प्रस्ताव पारित गर्न फागुन ६ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले माघ २१ देखि बुक क्लोज गर्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको