Like us!
Follow us!
Connect us!
Watch us!

डब्लु के डिजाइनको नयाँ स्टोर ललितपुरमा

शुक्रबार, २० बैशाख २०७६, ०८ : ५७ मा प्रकाशित

डब्लु के डिजाइनको नयाँ स्टोर ललितपुरमा

विश्व चर्चित अन्तराष्ट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा खुलेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का द्धारा आज एक समारोहका बिच स्टोरको उद्घाटन गरिएको छ । युवापुस्ताहरु प्रति लक्षित विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु स्टोरमा राखिएको छ भने प्रयोगकर्ताहरुको मन जित्न सफल हुने कम्पनीको दावी छ । 

दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको कम्पनीको नेपालको आधिकारीक बिक्रेता टेकम्याक्स इन्टरनेशनल हो । कम्पनीका उत्पादनहरु अनलाइनमा दराज मार्फत पनि खरिद गर्न सकिने छ । सुरुवाती मूल्य रु. २ शय देखी ६० हजार सम्म सुलभ मूल्य मा उपलब्ध कम्पनीका विभिन्न सामानमा ६ महिनाको रिप्लेसमेन्ट वारेण्टी पनि दिइएको छ । कम्पनीले चाडै नै काठमाण्डौमा बानेश्वर, बौद्ध, न्यूरोड, पोखरा, नारायणघाटको सिजी मल लगायत देशभरीमा आधिकारीक आउटलेटहरु स्थापना गरिने बताएको छ ।

 

5ccbb3bdd7c81.JPG 5ccbb3bde4f51.JPG 5ccbb3bf7a0e6.JPG 5ccbb3bf98833.JPG 5ccbb3c0eceaa.JPG 5ccbb3c0f05a1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको