Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घटेर पाँच महिना यताकै सस्तो, यस्तो छ घट्नुको कारण

शुक्रबार, २० बैशाख २०७६, ११ : ३१ मा प्रकाशित

सुनको मूल्य घटेर पाँच महिना यताकै सस्तो, यस्तो छ घट्नुको कारण

अर्थ संसार, काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । एक महिनादेखि अस्थिर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य आज पाँच महिना यताकै सस्तो मूल्य रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तीन सय रुपैयाँले घटेर ५९ हजार रुपैयाँ तोलामा कारोबार भएको छ । 

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको छ । विहिबार तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार रुपियाँमा कारोबार भएको थियो । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार पाँच सय ५८ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार तीन सय तीस रुपैयाँ कायम गरेको छ । 

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावट र आन्तरिक बजारमा डलरसामु नेपालि मुद्रा मजबुत हुँदा सुनको मुल्यमा गिरावट आएको हो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य पनि दुई महिना यताकै सस्तो भएर प्रतितोला सात सय १० रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय नौं रुपैया कायम गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको