Like us!
Follow us!
Connect us!
Watch us!

बेनालीको शोरुम नेपालगञ्जमा , ब्राण्ड एम्बेसडर अनमोल के.सीको उपस्थितीमा उद्घाटन हुँदै

शनिबार, २१ बैशाख २०७६, १६ : १६ मा प्रकाशित

बेनालीको शोरुम  नेपालगञ्जमा , ब्राण्ड एम्बेसडर अनमोल के.सीको उपस्थितीमा उद्घाटन हुँदै

अर्थ संसार, काठमाडौं-५ मई २०१९ मा बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ मा उद्घाटन हुने भएको छ । उक्त उद्घाटन समारोहमा बेनालीका ब्राण्ड एम्बेसडर अनमोल के.सी. को उपस्थिती रहनेछ ।

बेनाली एउटा विश्व प्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो । जुन बर्षौदेखि ग्राहकको चाहनामा रहेको र चालकको रोजाईमा रहेको पाइन्छ । यो मोटरसाईकलको अत्याधिक मात्रामा बजारमा माग रहेको र अनुभवी चालकको पनि चाहना तथा आरामदायिक रहेको छ । नयाँ सुविधाको आधारमा शहर बजारमा विभिन्न किसिमका मोटरसाईकल रहेका छन् । जुन १३५–६०० सि.सि. को रेञ्जमा गोरखा इन्टरप्राईजद्वारा उपलब्ध रहनेछन् ।

बेनालीका अध्यक्ष श्री सौरव जे.बि. राणाले भन्नुभयो, नेपालमा पाईने यी मोडलहरुमा शक्तिशाली इञ्जिन हुनुका साथै शक्तिशाली प्रदर्शनको लागि इटालियन अनुभवलाई आत्मसाथ गरेको र सुपथ मुल्यमा उपलब्ध हुने बताएको छ ।

बेनालीको शोरुमकोे उद्घाटनले नेपालगञ्ज विश्वस्तरीय मोटरसाइकलको प्रदर्शन गर्नेछ र हामी आशावादी छौ कि यसले बजारको मोटरसाईकलको माग र चालकको चाहना परिपूर्ति गर्नेछ ।

यसै सन्दर्भमा गोखा इन्टरप्राईजका सञ्चालक श्री ए. एम्. बागवान गुप्ता भन्नुहुन्छ, ‘नयाँ शोरुम भनेको राज्यको एउटा कला हो । हामी उच्च सीपमुलक र प्रबिधियुक्त मोटरसाईकलका पार्ट्सहरु सुपथ मुल्यमा उपलब्ध गराईन्छ’ हामी ग्राहकको सेवामा सदैव तत्पर भएर सुविधायुक्त तथा गुणस्तर सेवाको लागि उच्च प्राथमिकता दिनेछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको