Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने,कस्तो बैंकले लिन सक्ने ?

शनिबार, २१ बैशाख २०७६, २१ : ३२ मा प्रकाशित

राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने,कस्तो बैंकले लिन सक्ने ?

अर्थ संसार, काठमाडौं-  नेपाल राष्ट्र बैंकले रु एक अर्ब ३० करोड ५५ लाख बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत २०७६ जेठ १ गतेदेखि २०७७ वैशाख ३१ गतेसम्म ३६५ दिनको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिकरुपमा भुक्तानी हुने गरी लगानी गर्ने गरी सूचना प्रकाशित गरेको हो । 

बैंकले रु एक अर्ब चार करोड ४४ लाख बराबरको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा लगानी गर्ने छ । यस्तै ‘ख’ वर्गका बैंकका रु १९ करोड ५८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु छ करोड ५३ लाख मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको हो । 

बैंकले त्यस्तो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने शर्त राखेको छ । 

यस्तै कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, सञ्चालन मुनाफा कमाएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत एवं कार्यकारी सञ्चालक कारवाही परेको हुन नहुने र कारवाहीमा परेको भए फुकुवा भएको छ महीना पूरा भएको हुनुपर्ने शर्त राखिएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने व्यवस्थासमेत उक्त परिमाणको निक्षेपका लागि आवश्यकपर्ने बैंकले जनाएको छ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको