Like us!
Follow us!
Connect us!
Watch us!

फेरी सुनको मूल्य बढ्यो

आइतबार, २२ बैशाख २०७६, ११ : ०९ मा प्रकाशित

फेरी सुनको मूल्य बढ्यो

अर्थ संसार, काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेर ५९ हजार एक सय रुपियाँमा कारोबार भएको छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँको वृद्धि भएको छ।  शुक्रबार प्रतितोला ५८ हजार सात सय रुपियाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।  महासंघले आइतबारका लागि प्रति १० ग्राम छापवाला सुनको मूल्य ५० हजार ६ सय ७० रुपैयाँ कायम गरेको छ।  भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार चार सय १५ रुपैयाँ कायम गरेको छ। 

आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला  सात  सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ।  महासंघले आइतबारका लागि प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपियाँ ५० पैसा कायम गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको