अर्थ संसार, काठमाडौं - आज बजारमा अमेरीकी डलरको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले बैशाख २२ (आइतबार)का लागि एक अमेरिकि डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्रिदर १११ रुपैयाँ ०५ पैसा रहेको छ ।गत शुक्रबार अमेरीकी एक डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा थियो भने बिक्रीदर १११ रुपैयाँ २८ पैसा रहेको थियो। शुक्रबारको तुलनामा आइतबार अमेरीकी एक डलरको खरिददरमा २३ पैसाको गिरावट आएको हो।
त्यसैगरी एक युरोपियन युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ । शुक्रबार एक युरोपियन युरोको खरिददर १२४ रुपैयाँ ५ पैसा थियो भने बिक्रीदर १२४ रुपैयाँ ७३ पैसा रहेको थियो।
शुक्रबार खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसामा कारोबार भएको युके पाउण्ड स्ट्रलिङको आज (आइतबार)को खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । हेर्नुहोस विदेशी विनिमयको खरिद तथा बिक्रीदर
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस