Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

सोमबार, २३ बैशाख २०७६, १० : ४७ मा प्रकाशित

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

अर्थ संसार, काठमाडौं - साताको दोस्रो दिन सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज चार सय रुपैयाँले बढेर ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि चार सय रुपैयाँले बढेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ।  आइतबार तेजाबी सुनको मूल्य ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार १० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार सात सय ५५ रुपैयाँ कायम गरेको छ।  

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेर सात सय २० रुपैयाँमै कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको