Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुली गल्छी जलविद्युत आयोजना इपिसि मोडलमा बनाउने

अर्थ संसार

बुधबार, २५ बैशाख २०७६, १८ : ११ मा प्रकाशित

त्रिशुली गल्छी जलविद्युत आयोजना इपिसि मोडलमा बनाउने

अर्थ संसार, काठमाडौं– सिद्धकाली पावर लिमिटेड कम्पनीले प्रवद्र्धन गरेको त्रिसुली गल्छी जलविद्युत परियोजना निर्माणको B Zone of Luohunag Industial Park, Jianjin District, Chongqing, China मा प्रधान कार्यालय र कारखाना रहेको Chongqing Water Turbine Works Company Limited (CWTW) Company ले (EPCF) Engineering Procurement and Construction मोडेलमा निर्माण कार्य गर्ने गराउने सम्झौता भएको छ ।

यस सम्बन्धी सम्झौता सिद्धकाली पावर लिमिटेडका अध्यक्ष डा. त्रिलोचन उप्रेती र CWTW कम्पनीका Vice General Manager Mr. Qiu Jiang Wei बीच मिति २०७६ बैसाख २२ गते  काठमाडौंमा एक सम्झौतामा दस्तखत भएको छ ।
 
यस संमmौतानुसार चिनको CWTW कम्पनीले परियोजनाको कुल लागतको ९० प्रतिशत काम उधारोमा सम्पन्न गर्ने र परियोजना निर्माण भई सुसंचालनमा आएको दुई वर्ष भित्र किस्तावन्दीमा भुक्तानी गर्नु पर्ने शर्तमा रही काम गर्ने निर्णय भएकोछ  ।

आयोजनाको बिस्तृत डिजाईनको काम सम्पन्न गरी  अविलम्ब निर्माण सुरु गर्ने सहमति भएको छ । यो आयोजना ३० महिनामा निर्माण सम्पन्न हुनेछ । उक्त चिनीयाँ कम्पनीले यहि मोडेलमा अन्य जलविद्युत परियोजनाहरुको समेत निर्माण गरिरहेको छ । रसुवा जिल्लामा निर्माणाधिन लाङटाङ र फलांखुखोला आयोजना यहि विधिबाट निर्माण भईरहेका छन ।

सुरुमा ७५ मोगवाट क्षमता रहेको यस आयोजनामा टेनल हटाई अव यो आयोजनामा बाँधको तल Dam-Doe Type Power House बनाई यो आयोजना ३० मेगावाट क्षमतामा निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति मस्र्यादी काठमाडौं १३२ केभि ट्रान्समिशनलाईनमा जोडी राष्ट्रिय ग्रीडमा आपुर्ति गरिनेछ । यो आयोजनाको निर्माण अघि बढेपछि सर्वसाधारण लगानीकर्ताहरुको लागी शेयर निष्काशन गरिनेछ ।

यो आयोजना बनेपछि नुवाकोट जिल्ला जलविद्युत र पर्यटन केन्द्रको रुपमा परिणत हुनेछ । प्रदेश नंं. ३ को यो एक आकर्षक आयोजना हुनेछ । यो एक बहुद्देशीय परियोजना भएको हुँदा यसमा नीजि सरकारी साझेदारीको (Public Private Partnership Model) संभावना रहेको कुरा कम्पनीका अध्यक्ष डा. उप्रेतीले बताउनु भएको छ । उहाँले पूर्वाधारहरु पुगेका ठाँऊमा यस प्रकाका थुप्रै आयोजनाहरु निर्माण हुने विश्वास व्यक्त गर्नु भएको छ ।

5cd2d47a3ed36.jpg 5cd2d47c0b114.jpg 5cd2d4803b942.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको