Like us!
Follow us!
Connect us!
Watch us!

आज चाँदीको मूल्य घट्दा यस्तो रह्यो सुनको मूल्य

कमला भुसाल

विहीबार, २६ बैशाख २०७६, ११ : ०५ मा प्रकाशित

आज चाँदीको मूल्य घट्दा यस्तो रह्यो सुनको मूल्य

अर्थ संसार, काठमाडौं - साताको पाचौं दिन आज विहिबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापवाला सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भएको छ। 

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बुधबारकै भाउमा स्थिर रहेर ५९ हजार ४०० रुपैयाँमामै  कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५१ हजार १ सय ८५ रुपैयाँ कायम गरेको छ।  भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ९ सय ३० रुपैयाँ कायम गरेको छ। 

आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेर सात सय २० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको