Like us!
Follow us!
Connect us!
Watch us!

द्वन्द्वका बेला विस्तावित सरकारी बैंक शाखा अझै पुनस्थापना भएनन्, तुरुन्त गर्न सरकारको निर्देशन

शुक्रबार, १४ माघ २०७३, ११ : ४३ मा प्रकाशित

द्वन्द्वका बेला विस्तावित सरकारी बैंक शाखा अझै पुनस्थापना भएनन्, तुरुन्त गर्न सरकारको निर्देशन

अर्थ संसार

काठमाडौं– सरकारले द्वन्द्वका बेला अन्यत्र सारिएका सरकारी स्वामित्वका बैंकका शाखालाई पुनस्थापना गर्न निर्देशन दिएको छ । राष्ट्रिय बाणिज्य वैंक, नेपाल वैंक र कृषि विकास वैंकलाई विस्थापित शाखा पुनस्थापना गर्न निर्देशन दिएको हो ।

अर्थ सचिव शान्तराज सुवेदीले तीन वटै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मन्त्रालयमै वोलाएर यस्तो निर्देशन दिएका हुन् । दुर्गम तथा पछाडि परेका क्षेत्रमा वित्तीय सेवा पुर्याउन ती शाखा पुनस्थापना आवश्यक रहेको सचिव सुवेदीले बताए ।

सरकारको सवै नेपाली जनतालाई बैंक तथा वित्तीय सेवा पुर्याउने र एक व्यक्ति एक वैंक खाताू नीति कार्यान्वयनसमेत कठिन हुने देखिएको भन्दै उनले बैंक शाखाहरु तत्काल पुनस्स्थापना, आवश्यकताअनुसार थप शाखा विस्तार गर्न, मोवाइल बैंकका माध्यमबाट सेवा उपलब्ध गराउन र शहरमा विद्युतीय प्रणालीमार्फत अनलाइन भुक्तानी प्रणाली लागू गर्नसमेत सचिव सुवेदीलेनिर्देशन दिएको अर्थ मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । 

सचिव सुवेदीले बैंक शाखाहरु पुनस्स्थापना गर्दा तीनैवटा वैंकले समन्वय गरेर दोहोरो नपर्ने गरी स्थापना गर्न भनेका छन् । द्वन्द्वका बेला नेपाल बैंक लिमिटेडका ९०, राष्ट्रिय वाणिज्य वैंकका १०८ र कृषि विकास वैंकका ७५ गरी २७३ शाखा विस्थापित भएका थिए ।

तीमध्ये नेपाल वैंकका ३०, राष्ट्रिय वाणिज्य वैंकका ५१ र कृषि विकास वैंकका ७० गरी १५१ वटा शाखा मात्र पुनस्स्थापना भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो पनि हेर्नुहोस्

साधारण सेयर निस्कासन गर्नेले जम्मा भएको रकम राष्ट्र बैंकमा राख्न नपर्ने 

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको