Like us!
Follow us!
Connect us!
Watch us!

विवाहका लगन छोप्दै सुनको मूल्य बढ्यो, आज दुई महिना यताकै सबैभन्दा महँगो

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, १४ : ५१ मा प्रकाशित

विवाहका लगन छोप्दै सुनको मूल्य बढ्यो, आज दुई महिना यताकै सबैभन्दा महँगो

अर्थ संसार, काठमाडौं - साताको तेस्रो दिन सुनको मूल्य ह्वात्तै बढेको छ। वैशाख २७ गतेदेखि ६० हजारमा स्थिर रहेको छापावाला सुनको मूल्य ३१ गते मंगलबारको दिन एक हजार रुपैयाँले बढेर प्रतितोला ६१ हजार पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ६० हजार सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ३०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५२ हजार ४५ रुपियाँ कायम गरेको छ ।  

भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको