अर्थ संसार, काठमाडौं– नेपालअधिराज्य भरी १६वटा सामसुङका सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १७औं सेवा केन्द्र कालिकामार्ग, दमौलीमा सुरु गरेको छ ।
सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेटर कुनाल गुरुङले गर्नुभयो ।
आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो ।
प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भन्नु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस