Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो सुनको मूल्य

कमला भुसाल

विहीबार, ०२ जेठ २०७६, १० : ४६ मा प्रकाशित

फेरी बढ्यो सुनको मूल्य

अर्थ संसार, काठमाडौं - साताको पाचौं दिन आज बिहिबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज एक सय रुपैयाँले बढेर ६० हजार सात सय रुपैयाँमा कारोबार भएको छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य ६० हजार चार सय रुपैयाँमा कारोबार भएको छ।  बुधबार तेजाबी सुनको मूल्य ६० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५२ हजार ४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५१ हजार सात सय ८५ रुपैयाँ कायम गरेको छ। 

त्यसैगरी चाँदीको मूल्य आज पनि स्थिर रहेर सात सय २५ रुपैयाँमै कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५० पैसा कायम गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको