अर्थ संसार, काठमाडौं– भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।
उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ । भाटभटेनी ग्रुपकाअ नुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेन वेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।
उद्घाटनका दिन नयाँ आउटलेटमा सर्वसाधारणको बाक्लो भिड लागेको छ । नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्डसेटर मानिने भाटभटेनी सहरमा सजिलो किनमेलको पर्याय बनिसकेको छ । त्यसले गर्दा नै नयाँ आउटलेट खुलेकै दिन सर्वसाधारणको भिडलागेको हो ।
दैनिक उपभोग्य वस्तु, गार्मेन्ट लगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा प्रतिस्पर्धी मूल्यमा पाइने हुँदा भाटभटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको हो ।
टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमायसअघि नै सञ्चालनमा आइसकेका छन् ।
उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन् । इटहरी, नेपालगन्जमा, भैहरवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना भाटभटेनी ग्रुपको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस