अर्थ संसार,काठमाडौ– रत्न पत्थर तथा आभुषणको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो शुरु भएको छ ।
एस्पोमा गोल्ड, डायमण्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी ९जेम कटिङ्ग० २, रक एण्ड मिनिरल्स १२, एजुकेसन ४ गरी कूल ६० वटा स्टल रहेका छन् । एक्स्पोको उद्घाटन प्रधानमन्त्री के पी शर्माले गरेका थिए ।
एक्स्पोमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल हस्तकला महासंघ लगायतले सहयोग गरेका छन् । ३ दिनसम्म चल्ने एक्स्पोमा सेमिनार समेत चल्ने छ ।
एक्स्पो अवलोकनको लागि सर्वसाधारणका लागि २ सय रुपैयाँको टिकट र विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस