अर्थ संसार, काठमाडौं– पुँजी बजारमा (आज) बिहीबार नेप्से र कारोबार दुवैमा बृद्धि भएको छ । बजार ७.४९ अंकले बढ्दा १७१ वटा कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
नेप्से सूचक ७.४९ अंकले बढेर १३१९.६३ विन्दुमा पुगेको छ । ११ वटा समूहको सेयर कारोबार भएकामा २ वटा समूहको सूचक मात्र घटेको छ । बाँकी सबै समूह हरियो भएका छन् ।
कारोबार रकमका आधारमा नेपाल बैंक अघि आएको छ । यसको ६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
यस्तै, दोस्रोमा प्राइम बैंक र तेस्रोमा शिवम सिमेन्ट्स रहेका छन् । केही समय अघि बैंकिङ क्षेत्रले बजार तताएको थियो । अहिले लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीमा देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस