अर्थ संसार, काठमाडौं– देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् ।
सरकारले आम नेपालीलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य बैंकको शाखा पुर्याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्थानीय तह नै तोकेर कूल २८ वटा वाणिज्य बैंकलाई जिम्मेवारी दिएको छ ।
नेपालको संविधानले सङ्घीय, प्रदेश तथा स्थानीय सरकार गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । स्थानीय सरकार नै जनतासँग जोडिने बलियो सरकार भएकाले पनि वित्तीय पहुँच जरुरी रहेको भन्दै धमाधम बैंकका शाखा खोल्न अभिप्रेरित गरिएको हो ।
राष्ट्र बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये चालू आवको नौ महीनाको अन्त्यसम्म १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा मात्रै तीन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छन् । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये कूल १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशका दुई स्थानीय तहमा बैैंकको शाखा पु¥याउने योजना केन्द्रीय बैंकको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश नं ३ का कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । राजधानी आसपासको यस प्रदेशमा मात्रै दुई स्थानीय तहमा बैंकको शाखा खोल्न बाँकी रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्म नयाँ शाखा खोल्ने योजना रहेको छ ।
गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन् । मात्रै दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । प्रदेश नं ५ को भने कूल १०९ स्थानीय तह सबैमा बैंकका शाखा खुलेका छन् । सबै स्थानीय तहमा बैंकको शाखा पु¥याएर वित्तीय पहुँचमा अग्रणी प्रदेशको रुपमा प्रदेश नं ५ स्थापित भएको छ । आर्थिक विकासको दर समेत सोही प्रदेशमा बढी रहेको छ ।
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये हालसम्म मात्रै ६७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । कूल १२ स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । भौगोलिक कठिनाइ तथा सूचना तथा सञ्चार प्रविधिको विस्तार नभएका कारण पनि बैंकको शाखा खोल्न कठिनाइ भएको पाइएको छ ।
त्यस्तै सुदूरपश्चिमका कूल ८८ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । मात्रै सात स्थानीय तहमा बैंकको शाखा नखुलेका भए पनि निकट भविष्यमा नै बैंकको शाखा पु¥याउने लक्ष्य राखिएको छ ।
राष्ट्र बैंकका अनुसार देशभर वाणिज्य बैंकका मात्रै तीन हजार ३०९ वटा शाखा रहेका छन् । यस्तै विकास बैंक एक हजार २२४, वित्त कम्पनी २०३, लघुवित्त वित्तीय संस्थाका तीन हजार ४६९ शाखा सञ्चालनमा रहेका छन् । सबैं बैंक तथा वित्तीय संस्थाका गरी कूल आठ हजार २०५ शाखा सञ्चालनमा छन् । यस्तै पछिल्लो पटक पूर्वाधार विकास बैंकसमेत सञ्चालनमा आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस