Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा मोदीको जीतपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ट्वीट

मिलन खड्का

शुक्रबार, १० जेठ २०७६, ०७ : ३१ मा प्रकाशित

भारतमा मोदीको जीतपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको  ट्वीट

अर्थ संसार, इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ । 

लोकसभा निर्वाचनमा उहाँको पार्टीले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिदै खानले दक्षिण एसियाको शान्ति, संबृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गर्नुभएको छ ।  

भारतीय प्रधानमन्त्री मोदीले बिहीबार नै आफ्नो पार्टी विजयी भएको दावी गरिसक्नु भएको छ भने विपक्षी पार्टी काँग्रेसका अध्यक्ष राहुल गान्धीले पनि आफ्नो पार्टी पराजित भएको स्वीकार गर्दै मोदीलाई बधाई दिनु भएको छ । 

पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेख्नु भएको छ, “भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, संमृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ ।”

प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उहाँसँग मिलेर आफुले काश्मिर समस्या समाधान गर्न सक्ने बताउनु भएको थियो । 

5ce74ddb93002.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको