Like us!
Follow us!
Connect us!
Watch us!

हर हर मोदी, घर घर मोदी भन्दै वीरगञ्जमा र्‍याली, दीप प्रज्ज्वलन

मिलन खड्का

शुक्रबार, १० जेठ २०७६, ०८ : ३५ मा प्रकाशित

हर हर मोदी, घर घर मोदी भन्दै वीरगञ्जमा र्‍याली, दीप प्रज्ज्वलन

अर्थ संसार, वीरगन्ज-भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको  सफलताको  खुसीयाली भन्दै  वीरगन्जमा विभिन्न  समूहले  मोदीको तस्बिर सहितको ब्यानर बोकी  सहर परिक्रमा गरेका छन । ति समुहले  दीप प्रज्ज्वलन र मिठाइ पनि बाँडेका छन्।

मोदीको जीतको खुसियालीम विश्व हिन्दू संगठन नामका युवाले वीरगन्जको घन्टाघरबाट मोटरसाइकल र्‍याली निकालेका हो ।  ओईसही नागरिक समाज पर्साले घण्टाघरमा मोदी नेतृत्वको पार्टीको विजयको खुसियालीमा मिठाई वितरण गरेको छ  र  मैनबत्ती पनि बालिएको छ।

हर हर मोदी, घर घर मोदी आउ मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा छौँ जस्ता नारा लगाउदै उनीहरूले मोदीको फोटो र झन्डासहित वीरगन्जको शंक्राचार्य गेटसम्म पुगेर घण्टाघरमै कोण सभामा परिणत भएको थियो। 

तस्बिर : आप्पन वीरगन्ज डटकमको फेसबुकबाट

 

5ce75fc2c7384.jpg 5ce75fc2cc3b6.jpg 5ce75fc303a37.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको