अर्थ संसार, काठमाडौं– हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीलाई बम्पर लाभांशको घोषणा गरेको छ ।
जेठ ९ गते बसेको संचालक समितिको बैठकले गत वर्षको संचित नाफामा रहेको रकमबाट कम्पनीका शेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी प्रतिशेयर रु ६८.४२ रुपैयाँका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त वितरण गरिने अन्तरिम लाभांश जेठ १७ गतेसम्म त्यस लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा शेयर सम्बन्धि कारोबार भई कम्पनीको शेयर रजिष्टार नविल इन्भेष्टमेन्ट बैकिङमा कम्पनीको शेयरधनी दर्ता कितावमा नाम दर्ता भएका शेयरधनीहरुले मात्र पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस